मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा एकैदिन आठ हजार बढी संक्रमित

भारतमा एकैदिन आठ हजार बढी संक्रमित


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभर कुल ८ हजार १०५ जनामा सङ्क्रणको भएको हो । 
 
थपिएका यी सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ८१ हजार १४५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । जसमा शुक्रबार २६९ जना र शनिबार १७८ जनाको मृत्यु भएको छ ।
 
शनिबार कोरोना भाइरसका ७ हजार ६५४ जना संक्रमित थपिएका छन् । भारतमा हालसम्म कुल मृतकको संख्या ५ हजार १५८ पुगेको छ । 
 
पछिल्लो विवरणअनुसार देशभरी अहिले पनि ९० हजार ६४४ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ८५ हजार ३४३ जना सङ्क्रणमुक्त भएका छन् ।
 
भारतमा पटकपटक गरेर देशव्यापी लकडाउनको अवधि थपिँदै लगिएको छ भने जनजीवन कष्टकर हुन थालेपछि अहिले विभिन्न चरणमा लकडाउनलाई खुकुलो बनाइँदै लगिएको छ । एएनआई

शेयर गर्नुहोस:

0
Shares