मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६४ हजारको मृत्यु, ५९ लाख ७० हजार संक्रमित

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६४ हजारको मृत्यु, ५९ लाख ७० हजार संक्रमित


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६४ हजार २७३ पुगेको छ भने संक्रमितको संख्या ५९ लाख ७० हजार ३३९ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 
 
नेपाली समयानुसार शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २६ लाख २९ हजार ६२४ जना निको भएका छन् । विश्वभरीमा २९ लाख ७६ हजार ४४२ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । 
 
हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ६८३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान सहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ७७ हजार ३४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ३ हजार ७९४ व्यक्तिको मृत्यु भएको छ ।
 
दक्षिणमा अमेरिकामा ७ लाख ६१ हजार ८०४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३६ हजार ८०२ जनाको मृत्यु भएको छ । युरोपमा १९ लाख ८५ हजार ९५१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७२ हजार ४५५ को मृत्यु भएको छ ।
 
एसियामा १० लाख ७९ हजार १९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ६४९ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३३ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने ३ हजार ८७१ जनाको मृत्यु भएको छ । 
 
ओसियानामा ८ हजार ७८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ । एएफपी