मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६९ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६९ हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा एकै दिनमा ७ हजार ४६६ जना  कोरोना संक्रमित थपिएका छन् । शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६९ हजार ७११ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
शुक्रबार जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ८२० जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ७२ हजार ५४३ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । 
 
हाल भारतमा ९१ हजार ६४८ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । 
 
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५९ हजार ५४६ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १९ हजार ३७२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् ।  दिल्लीमा १६ हजार २८१ जना कोरोना संक्रमित रहेका छन् । गुजरातमा १५ हजार ५७२ संक्रमति रहेका छन्  । 
 
भारतमा दुई महिनाभन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 
 
भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो ।  तेस्रो चरणको लकडाउन मे ४ बाट सुरु थियो । 
 
भारतले सरकारले गत मे ४ देखि लागू हुनेगरी मे १७ सम्म थप दुई साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौंथो चरणको लकडाउन सुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा वृद्धि देखिएपछि चौंथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । 
 
भारतमा विगत केही दिनयता संक्रमणको वृद्धिदर उच्च देखिएको छ । यद्यपि अघिल्ला चरणका लकडाउनको तुलनामा चौंथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । एएनआई