मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका–चीन विवाद दुवै देशको हितमा छैन : प्रधानमन्त्री लि

अमेरिका–चीन विवाद दुवै देशको हितमा छैन : प्रधानमन्त्री लि


बेइजिङ । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् । 
 
अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोनाभाइरसलगायतका विविध विषयलाई लिएर तनाब देखिइरहेका समय चिनियाँ प्रधानमन्त्रीले अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउनु चीन, अमेरिकालगायत विश्वका अन्य मुलुकका लागि पनि राम्रो नहुने बताएका हुन् । 
 
यदि विश्वका दुई प्रमुख अर्थतन्त्रले एकआपसमा विवादमात्रै गर्ने हो भने कोरोना भाइरसका कारण प्रभावित विश्व अर्थतन्त्र अझै थप संकटतर्फ जाने धारणा राखेका हुन् । 
 
राष्ट्रिय जनसभाको समापन समारोहपछि पत्रकार सम्मेलनमा बोलेका कुराबारे लीलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ,“चीन र अमेरिकाले एकआपसमा सम्बन्धलाई जटिल बनाएमा यो अमेरिका, चीन र बाँकी विश्व कसैको हितमा पनि हुने छैन ।”
 
पछिल्ला केही दिनहरूमा चीन र अमेरिकाबीच ‘कोरोना भाइरस महामारी’ चीनका कारण विश्वव्यापी बनेको तथा हङकङबारे चीनद्वारा ल्याइएको कानूनबारे अमेरिकाले चीनको आलोचना गर्दै आएको छ । त्यसो त अमेरिका र चीनबीच वर्तमान् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै व्यापार विवादले स्थान लिएको छ । 
 
चिनियाँ प्रधानमन्त्री लिले भने, “दुई मुलुकबीच सोचमा भिन्नता हुनु स्वभाविकै हुन्छ तर तर्कसम्मत माध्यमबाट सहमतिको साझा विन्दुमा पुग्नु उत्तम विकल्प हुन्छ ।”
 
“हामीबीच फरक राजनीतिक प्रणाली, सांस्कृतिक परम्परा र ऐतिहासिक पृष्ठभूमि रहेका छन् । त्यसैले हामीबीच विवाद हुनु नितान्त स्वभाविक कुरा हो । तर, कुरा के हो भने विवादको कसरी समाधान निकाल्ने भन्ने हो । विगतका केही दशकदेखि अमेरिका–चीनबीच सम्बन्धमा विभिन्न रूपमा विवाद आयो ।” 
 
उनले भने, चीन र अमेरिका दुवै पक्षले दुई देशका राष्ट्रप्रमुखबीच यस पहिले सम्पन्न शिखर सम्मेलन तथा ओपचारिक तथा अनौपचारिक कुराकानीमार्फत निकालेको निष्कर्ष तथा महत्त्वपूर्ण मतऐक्यता बमोजिम समन्वय, सहकार्य र स्थिरताको आधारमा अघि बढ्नुपर्ने बुझाइ चीनको रहेको छ ।” 
 
प्रधानमन्त्रीले दुई मुलुकबीचको अर्थतन्त्र एकआपसमा  गाँसिएका र व्यवसायले पनि एक अर्कालाई वेवास्ता गरी अघि बढ्न नसक्ने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एएनआई