मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ : विश्वभर ५८ लाख ३४ हजार संक्रमित, २५ लाख २७ हजार डिस्चार्ज

कोभिड-१९ : विश्वभर ५८ लाख ३४ हजार संक्रमित, २५ लाख २७ हजार डिस्चार्ज


पेरिस । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५८ लाख ३४ हजार पुगेको छ ।
 
गत डिसेम्बरदेखि बिहीबार रातिसम्ममा निको हुनेको संख्या विश्वभर २५ लाख २७ हजार पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । 
 
अहिलेसम्म विश्वभर तीन लाख ५८ हजार ४२६ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घन्टामा विश्वभर ५२८३ व्यक्तिको मृत्यु भएको छ । 
 
सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १७ लाख ५० हजार ३७७ रहेका छन् भने ब्राजिलमा चार लाख ९० हजार २६२, रूसमा तीन लाख ७९ हजार ५१, स्पेनमा दुई लाख ८३ हजार ८४९, बेलायतमा दुई लाख ६७ हजार २४० र इटलीमा दुई लाख ३१ हजार १३९ सङ्क्रमित रहेका छन् ।
 
सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १ लाख २ हजार २९३ रहेको छ । त्यसैगरी बेलायतमा ३७ हजार ४६०, इटलीमा ३३ हजार ७२, स्पेनमा २७ हजार ११८, फ्रान्समा २८ हजार ५९६ र ब्राजिलमा २५ हजार ६९७ सङ्क्रमितको मृत्यु भएको छ ।
 
सङ्क्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । जर्मनीमा १ लाख ८२ हजार १५०, भारतमा १ लाख ६३ हजार १२०, टर्कीमा १ लाख ५९ हजार ७९७, इरानमा १ लाख ४३ हजार ८४९, पेरुमा १ लाख ३५ हजार ९०५ सङ्क्रमित भएका छन् । यी मुलुकबाहेकका देशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ । 
 
चीन, साउदी अरब, पाकिस्तान, कतार, बंगलादेश सिंगापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा सङ्क्रमणका कारण बढी प्रभावित मुलुक हुन् । एएफपीको सहयोगमा