मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

भारतमा एकैदिन सात हजार बढीमा संक्रमण, संक्रमितको संख्या एक लाख ५८ हजार नाघ्यो

भारतमा एकैदिन सात हजार बढीमा संक्रमण, संक्रमितको संख्या एक लाख ५८ हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा बुधबार एकैदिनमा ७ हजार २९३ जना कोरोना संक्रमित थप भएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ५३४ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६७ हजार ९९२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८६ हजार ११० जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । 
 
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५६ हजार ९४८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १८ हजार ५४५ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् ।  गुजरातमा १५ हजार १९५ संक्रमति रहेका छन्  । दिल्लीमा १५ हजार २५७ जना कोरोना संक्रमित रहेका छन् ।
 
भारतमा दुई महिनाभन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ  । 
 
कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौंथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।
 
भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट सुरु थियो । 
 
भारत सरकारले गत मे ४ देखि लागू हुनेगरी मे १७ सम्म थप दुई साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएसँगै चौंथो चरणको लकडाउन सुरु गरेको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा वृद्धि देखिएपछि चौंथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।
 
भारतमा विगत केही दिनयता संक्रमणको वृद्धिदर उच्च देखिएको छ । यद्यपि अघिल्ला चरणका लकडाउनको तुलनामा चौंथो चरण हालको लकडाउन भने केही खुकुलो गरिएको छ । एएनआई

शेयर गर्नुहोस:

0
Shares