नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घन्टामा कोरोना भाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या छ हजार ३८७ रहेको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको संख्या एक लाख ५४ हजार ३६९ पुगेको छ ।
कोरोना संक्रमणबाट विगत चौबीस घन्टामा १७२ जनाको मृत्यु भएको छ । योसहित भारतमा कुल मृत्यु भएका व्यक्तिको संख्या चार हजार ३८१ भएको मन्त्रालयले जनाएको छ ।
उपचारको क्रममा रहेकामध्ये ६५ हजार ५११ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
भारतीय राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सर्वाधिक मानिस प्रभावित भएका छन् । यहाँ हालसम्म ५४ हजार ७५८ जना संक्रमित भेटिएका छन् ।
तमिलनाडुमा १७ हजार ७२८ तथा गुजरातमा १४ हजार ८२१ जना तथा भारतीय राजधानी नयाँदिल्ली प्रदेशमा १४ हजार ४६५ जना संक्रमित देखिएका छन् । एएनआई







प्रतिक्रिया