मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एकैदिन ६६ सय बढी संक्रमित, १४२ को मृत्यु

भारतमा एकैदिन ६६ सय बढी संक्रमित, १४२ को मृत्यु


नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् ।
 
पछिल्लो २४ घन्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ३३ हजार ७२५ पुगेको छ । 
 
त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म तीन हजार ९०९ जनाको मृत्यु भएको छ । तीमध्ये १४२ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।
 
केन्द्रीय स्वास्थ्य तथा परिवारकल्याण मन्त्रालयले देशभर अहिले पनि सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या ७४ हजार ७५१ रहेको जनाएको छ । मन्त्रालयका अनुसार अरु ५४ हजार ८६५ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।
 
मन्त्रालयका अधिकारीहरुले कुल सङ्क्रमित मध्ये ४१.३९ प्रतिशत निको भएको जानकारी दिएका छन् ।
 
देशभरी पछिल्लो २४ घन्टामा कोरोनाका कारण मृत्यु भएका १४२ जनामध्ये सबैभन्दा धेरै महाराष्ट्रका ६३ जनाको मृत्यु भएको छ । 
 
त्यसैगरी गुजरातमा २९ जना, दिल्ली र उत्तरप्रदेशमा १४, १४ जना, पश्चिम बंगालमा छ जना, तमिलनाडुमा चार जना, राजस्थान, मध्य प्रदेश र आन्ध्र प्रदेशमा दुई दुई जनाको मृत्यु भएको छ भने हरियाणामा एक जनाको मृत्यु भएको छ ।
 
देशभरी कोरोनाका कारण मृत्यु भएका कुल तीन हजार ९०९ जनामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा एक हजार ५१७ जना रहेका छन् ।   
 
त्यसैगरी गुजरातमा ८०२, मध्य प्रदेशमा २७२, पश्चिम बंगालमा २६५ जना र दिल्ली प्रदेशमा २०८ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
 
त्यसैगरी राजस्थानमा १५३ जना, उत्तर प्रदेशमा १५२ जना, तमिलनाडुमा ९८ जना र आन्ध्र प्रदेशमा ५५ जना भएका छन् । पिटिआई