मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुग्यो, ७० जना निको भई फर्किए

नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुग्यो, ७० जना निको भई फर्किए


काठमाडौँ । नेपालमा एकैदिन ७५ जनामा कोरोनाा भाइरस (कोभिड १९) पुष्टि भएको छ । पछिल्ला दिनका कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि भएको छ ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार मध्यान्ह ३२, दिउँसो ३६ तथा तेस्रोपटक राति सात जना गरी कुल ७५ जना नयाँ सङ्क्रमित फेला परेका छन् । 
 
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना कोरोना सङ्क्रमित भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९१ पुगेको हो ।
 
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दिया र झापामा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
 
बैतडीको शिवनाथ गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, झापाको झापा गाउँपालिकामा सङ्क्रमित भेटिएका हुन् । 
 
यस्तै, सुर्खेतको सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा थप तीन जनामा सक्रमण भएको पुष्टि भएको हो । 
 
हालसम्म कूल ४० जिल्लामा कोरोना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८६, प्रदेश नं २ मा १७२, वाग्मती प्रदेशमा ३२ जना सङ्क्रमित भएका छन् । यस्तै गण्डकी प्रदेशमा पाँच, प्रदेश नं ५ मा २७१, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा १४ जना सङ्क्रमित भएका छन् । 
 
यसैबीच, शनिबार बिहान काठमाडौँसहित छ जिल्लाका ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा संक्रमण देखिएको बताएका हुन् ।
 
उनका अनुसार नयाँ संक्रमितमा कपिलवस्तु जिल्लाका आठ, सर्लाहीका १३, बारा एक, काठमाडौँ एक, रुपेन्देही आठ र चितवनका एक जना छन् । कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला रहेका छन् ।
सर्लाही गोडैताकविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षीय पुरुष, बारा करैयामाई गाउँपालिकाकी ३७ वर्षीय महिला रहेका छन् ।
 
यसैगरी, नयाँ सङ्क्रमितमा काठमाडौँका ३५ वर्षीय पुरुष तथा रुपेन्देही गैडहवा र रोहणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष र चितवन भरतपुर महानगर वडा नं ६ का ५२ वर्षीय पुरुषमा संक्रमण देखिएको उनले जानकारी दिए ।
 
यसैगरी, शुक्रबारमात्रै ५९ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म तीन जनाको मृत्यु भएको छ भने ७० जना पूर्णरूपमा निको भई घर फर्किसकेका छन् ।