मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना भाइरस नियन्त्रण : चीनमा शून्य दक्षिण कोरियामा २३ संक्रमित

कोरोना भाइरस नियन्त्रण : चीनमा शून्य दक्षिण कोरियामा २३ संक्रमित


बैंकक । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरियामा अहिले पुनः सङ्क्रमितहरु भेटिन थालेका छन् ।
 
स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 
 
सङ्क्रमितहरु फेरि धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लब, बार, रेष्टुरेन्टलगायतका व्यावसायिक कार्यालयहरु बन्द गरिएको छ ।
 
दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट ११ हजार १६५ जना सङ्क्रमित भएका छन् भने २६६ जनाको मृत्यु भएको छ । 
 
अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन् । त्यस क्षेत्रमा थप कडाई गरिएको छ ।
 
पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना सङ्क्रमित भेटिएका छन् । पहिचान गर्ने र परीक्षण गर्ने क्रम पनि तीव्र पारिएको जनाइएको छ । 
 
दक्षिण कोरियामा सङ्क्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ ।
 
तर, यता चीनमा भने आहिले एक जना पनि कोरोना भाइरसबाट सङ्क्रमित नभेटिएको अधिकारीहरुले जनाएका छन् । दुई जना भने शंकास्पद देखिएका छन् । 
 
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ बिरामी नभेटिए पनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको छ ।
 
चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । एपी

शेयर गर्नुहोस:

0
Shares