मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतले थप दुई साता लकडाउन लम्ब्याउने

भारतले थप दुई साता लकडाउन लम्ब्याउने


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् ।
 
कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घन्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन । 
 
यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।  
 
उनले ट्विटरमा लेखेका छन्, “प्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनु भएको छ ।” तर मुख्यमन्त्री केजरीवाललाई सञ्चारकर्मीहरूले बन्दाबन्दीबारे गरिएको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, “निर्णयलाई प्रधानमन्त्री आफैँले सार्वजनिक गर्नुहुने छ ।”
 
यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन् । पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० मेसम्म लकडाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् । एएनआई

शेयर गर्नुहोस:

0
Shares