मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा शनिबार १४ जनासहित कोरोना संक्रमितको संख्या २८१ पुग्यो

नेपालमा शनिबार १४ जनासहित कोरोना संक्रमितको संख्या २८१ पुग्यो


काठमाडौँ । नेपालमा शनिबार दुई नेपाली सेनाका जवान, धनुषाका २० र ६५ वर्षीय पुरुषसहित १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
 
महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय दुई पुरुषमा कारोना संक्रमण देखिएको स्वास्थ्य तथाा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यससँगै नेपालमा कुल संक्रमितको संख्या २८१  पुगेको छ । 
 
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको पुष्टि गरेका थिए । 
 
यसअघि पूर्वी चितवनको राप्ती नगरपालिका १ गड्यौली निवासी २५ वर्षीया महिला, बर्दिया नार्खु ११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज १२ निवासी २८ र २९ वर्षीय दुई पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।
 
यसैबीच, आज फेरि दुई जनामा संक्रमण देखिएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा धनुषाका २० र ६५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
 
मृत महिला र दुई अर्का नयाँ गरी संक्रमितको संख्या २८१ पुगेको छ । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य भएको र ती स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । 
 
मन्त्रालयका अनुसार हालसम्म ३६ जना निको भई घर फर्किएका छन् । आज पुष्टि भएका संक्रमितको स्वस्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।