चितवन । चितवनमा एक महिलासहित नेपालमा कोरोना भाइरसका थप छ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शनिबार ६ जना संक्रमित थप भएको जानकारी दिए ।
संक्रमित हुनेहरुमा चितवन, बर्दिया, सिरहा, पर्सा र सर्लाहीका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार पूर्वी चितवनको राप्ती नगरपालिका १ गड्यौली निवासी २५ वर्षीया महिला, बर्दिया नार्खु ११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज १२ निवासी २८ र २९ वर्षीय दुई पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षीया महिलामा संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ भने शनिबार बिहानसम्म ३६ जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया