मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

शुक्रबार १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो

शुक्रबार १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो


काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट नेपालमा शुक्रबार १८ जना थपिएसँगै कुल संक्रमितको संख्या २६७ पुगेको छ ।
 
आज बिहान बाँके र मकवानपुरमा ९ जनामा कोरोना संक्रमण देखिएकोमा बेलुकी पुनः ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणका क्रममा थप नौजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन् । 
नयाँ कोरोना पुष्टि हुनेमा पर्सा जिल्लाको वीरगञ्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा ४, ५  र तुल्सीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष, काठमाडौँ सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
यसअघि बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय एक पुरुष र बाँके नैनापुर वडा नं १, ३ र ५ नम्बर वडाका १८ वर्षदेखि ३६ वर्षसम्मका आठ पुरुषसहित नौ जना संक्रमित भएका थिए ।
 
थपिएका संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य रहेको र निजहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।  नेपालमा हालसम्म ३६ जना निको भई घर फर्किएका छन् । 

शेयर गर्नुहोस:

0
Shares