मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा दुई करोड ६० लाखले भरे बेरोजगार भत्ताको फाराम

अमेरिकामा दुई करोड ६० लाखले भरे बेरोजगार भत्ताको फाराम


वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार भएका तीन करोड ६० लाख मानिसले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । 
 
अमेरिकामा पछिल्लो दुई महिनायता यति धेरै मानिसले बेरोजगार फाराम भरेका हुन् । उनीहरुमध्ये झण्डै तीस लाखले पछिल्लो एक सातामा मात्रै फाराम भरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
 
बेरोजगार भत्ताको दाबी गर्नेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारले केही राज्यहरुमा व्यापारिक तथा व्यावसायिक गतिविधिलाई पुनः सञ्चालन गर्न अनुमति दिएको छ । 
 
कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिले लाखौँ मानिसले अमेरिकामा रोजगारी गुमाएको श्रम विभागले बिहीबार जनाएको छ । 
 
यति धेरै मानिस एकैचोटि रोजगारविहीन भएको र बेरोजगार भत्ता पनि यति धेरै मानिसले एकैपटक मागेको यो दुर्लभ घटना भएको अधिकारीहरुले जनाएका छन् । 
 
बेरोजगार भत्ताका लागि फाराम भरेकामध्ये केही राज्यका कतिपयले भने अहिले पनि त्यो राहत प्राप्त गर्न निकै कठिनाइँ भइरहेको बताएका छन् । एपी