काठमाडौँ । नेपालमा बिहीबार थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएअनुसार बिहीबार काठमाडौँ दहचोकका ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया किशोरी तथा धादिङकी ३० वर्षीय एक महिलामा कोरोना भाइरस देखिएको हो ।
यससँगै नेपालमा कोरोना भाइरसका बिरामीको संख्या २४९ पुगेको छ । जसमा ३५ जना उपचारपश्चात् निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार देखिएका संक्रमितको स्वाथ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा अधिकारीले जनाएका छन् ।








प्रतिक्रिया