नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ८१० जना पुगेको छ । गत २४ घन्टामा भारतमा थप ३ हजार ७६३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा बुधबार एक दिनमा १३६ जनाको मृत्यु भएको थियो । बिहीबार बेलुकी ८ बजेसम्म १३ जनासहित यस प्रकोपबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५६४ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २६ हजार ६७५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा बिहीबार बेलुकीसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४९ हजार ५७१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २५ हजार ९२२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् ।
महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार २६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ संक्रमति रहेका छन् । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार नाघेको छ ।
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको छ । एएनआई
प्रतिक्रिया