मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु


मेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । 
 
राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोसाँधमा रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ । 
 
मदिरा सेवन गरेपछि ती मानिसहरु वान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए । स्थानीय अधिकारीहरुले कोरोनाभाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ ।
 
त्यही कारण मानिसहरुले मिसावटयुक्त मदिरा सेवन गरेको बताइएको छ । 
 
गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो । एएफपी
 

शेयर गर्नुहोस:

0
Shares