मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

बुधबार थपिए २६ जना कोरोनाका बिरामी, संक्रमितको संख्या २४३ पुग्यो

बुधबार थपिए २६ जना कोरोनाका बिरामी, संक्रमितको संख्या २४३ पुग्यो


काठमाडौँ । नेपालमा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बेलुकी ७ः५० बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।
 
जसमा रुपन्देहीका २२ वर्षदेखि ४१ वर्षसम्मका नौ जना पुरुष र ४ देखि २८ वर्षका तीन महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका आठ पुरुष, पर्साका ३६ र ७४ वर्षीय पुरुष तथा ३६ वर्षीया एक महिला र नवलपरासीका ३६ वर्षीय एक पुरुषमा संक्रमण भेटिएको हो । डा अधिकारीका अनुसार निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । 
 
आजै कपिलवस्तु ५ का २२ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ का ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो । 
 
बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । जसमा ३५ जना उपचारपश्चात् घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

शेयर गर्नुहोस:

0
Shares