मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमित ७४ हजार नाघे

भारतमा कोरोना संक्रमित ७४ हजार नाघे


नयाँदिल्ली । भारतमा बुधबार मध्यान्हसम्ममा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार ४८० पुगेको छ ।
 
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घन्टामा भारतभर तीन हजार ५२४ जना नयाँ संक्रमित भेटिएका छन् । 
 
कुल संक्रमितमध्ये २४ हजार ४५३ जना निको भएर घर फर्किएका वा डिस्चार्ज भएका छन् भने ४७ हजार ६१२ जनाको उपचार भइरहेको छ । 
 
कोभिड–१९ बाट विगत २४ घन्टामा १२१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या दुई हजार ४१५ पुगेको छ । 
 
मन्त्रालयका अनुसार महाराष्ट्र, गुजरात, तामिलनाडु र नयाँ दिल्ली राज्य सबैभन्दा बढी प्रभावित भएका छन् । पछिल्लो विवरणअनुसार महाराष्ट्रमा २४ हजार ४२७ जना, गुजरातमा ८ हजार ९०३ जना, नयाँदिल्लीमा ७ हजार ६३९ जना संक्रमित छन् । 
 
कुल मृत्यु भएका व्यक्तिमध्ये महाराष्ट्रमा ९२१ जना, गुजरातमा ५३७ जना र तामिलनाडुमा ६१ जनाको मृत्यु भएको छ । 
 
यसैगरी भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, अरुणाचल, गोवा, मणिपुर, मिजोरम समेतका धेरै राज्यमा कोरोनाको संक्रमण देखिएको छ ।
 
कोरोना संक्रमण रोकथामका लागि भारत सरकारले एक महिनाभन्दा बढी समयदेखि देशव्यापी लकडाउन जारी राखेको छ । 
 
तर, पछिल्लो समय भारतीय श्रमिक, मजदूर, विद्यार्थीसमेतका लागि विशेष श्रमिक रेलसेवा सञ्चालनमा ल्याएको छ । एएनआई (तस्बिर : अलजजिरा)