मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी


इस्लामावाद । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार देशभर कुल सङ्क्रमितको सङ्ख्या तीस हजार ३२४ पुगेको छ । 
 
पछिल्लो २४ घन्टामा एक हजार ४७६ जना थपिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यो सङ्ख्या अत्यन्त धेरै भएको उनीहरुको भनाइ छ ।
 
सङ्क्रमितमध्ये सबैभन्दा धेरै पञ्जाव प्रान्तमा रहेका छन् । त्यहाँ एघार हजार ५६८ जना सङ्क्रमित भएको जनाइएको छ । 
 
त्यसैगरी एघार हजार ४८० जना सिन्ध प्रान्तमा, चार हजार ६६९ जना खैबर पख्तुङ्ख्वामा, दुई हजार १७ जना बालुचिस्तानमा, ६७९ जना इस्लामावादमा, ४४२ जना गिल्गित बाल्टीस्तानमा र ८६ जना पाकिस्तान नियन्त्रित काश्मिरमा सङ्क्रमित भएका छन् ।
 
पाकिस्तानमा हालसम्म ६५९ जनाले ज्यान गुकाएका छन् । एएनआई