मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ६९ हजार नाघ्यो

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ६९ हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या सोमबारसम्म ६९ हजार २९४ जना पुगेको छ ।  गत २४ घन्टामा भारतमा थप ४ हजार ३५३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको संख्या २ हजार २१२ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २० हजार ९६९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४३ हजार ९८० जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । 
 
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २२ हजार १७१ नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८३२ को मृत्यु भएको छ महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ८ हजार १९४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्, भने ४९३ जनाको मृत्यु भएको छ ।  दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९२३ जना बिरामी छन् । त्यसैगरी तमिलनाडू ७ हजार २०४ संक्रमति रहेका छन् ।
 
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि  तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो  । 
 
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । एएनआई 

शेयर गर्नुहोस:

0
Shares