मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना सङ्क्रमितको संख्या ६३ हजार नजिक

भारतमा कोरोना सङ्क्रमितको संख्या ६३ हजार नजिक


नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ६३ हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ । 
 
शनिबारमात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस सङ्क्रमितहरु थपिएको जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ६२ हजार ९३९ पुगेको छ ।   
 
सङ्क्रमितको संख्या ६२ हजार नाघे पनि अहिले बिरामी अवस्थामै रहेकाहरुको संख्या भने ४१ हजार ४७२ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त हुनेहरुको संख्या १९ हजार ३५८ रहेको अधिकारीहरुले जनाएका छन् । 
 
पछिल्लो २४ घण्टाको अवधिमा मात्रै भारतमा ११६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या २ हजार १०१ पुगेको छ ।
 
केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्ष बर्धनले शनिबारले सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गए पनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताए । 
 
हाम्रोमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको मृत्युदर झण्डै ३.३ प्रतिशत रहेको छ जबबि सङ्क्रमणमुक्त हुने दर भने २९ं९ प्रतिशत रहेको छ, उनले भने । यस तथ्यांकलाई उनले सुखद र सकारात्मक भएको तर भयावह अवस्थाको नभएको दाबी गरे । एएनआई