ड्यालस (टेक्सस) – नेपाली अध्यात्मिक तथा सांस्कृतिक केन्द्र ड्यालस तथा नेप्लिज बुद्धिस्ट एसोसिएसनको संयुक्त तत्वावधानमा विहीबार साँझ जुम अनलाइन लाइभबाटै २६४४ अँ बुद्ध जयन्ति समारोह सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि श्रद्धय भन्ते आनन्द नेपाल स्थित संघाराम बिहारबाट अनलाइन मार्फत प्रत्यक्ष उपस्थित हुनु भएको थियो । साथै विश्वका बिभिन्न देशहरु लगायत नेपालबाट र अमेरिकाको धेरै राज्यहरुबाट थुप्रै श्रद्धालु हरुको समेत सहभागिता थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्नु हुदै भन्ते आनन्दले बुद्ध जयन्तिको महत्व, बुद्ध धर्म देशना तथा बुद्ध शिक्षाबाट जीबन जिउने कलामा पर्ने साकारअत्मक असर र बुद्ध दर्शनको बारे व्याख्या गर्नु भएको थियो । "बुद्धलाई इश्वरीय दुत अथवा व्यक्ति बिशेष भन्दा पनि अध्यात्मिक विचार र ज्ञानको सागरको रुपमा लिनु बढी उपयुक्त हुन्छ" उहाले भन्नु भयो ।
कार्यक्रमको थालनी गर्दै अध्यक्ष स्वयम्भू शाक्यले उपस्थित सबैलाइ स्वागत गर्नु भएको थियो । शाक्यले सस्थाको मुख्य उद्देश्य भनेको बुद्ध दर्शन र बुद्ध ज्ञानलाइ बिश्वभर प्रचार प्रसार गर्ने रहेको बताउनुभयो । सस्थाका महासचिब डा. निरज बज्राचार्यले प्रमुख अतिथि भन्ते आनन्दको परिचय दिदै उहाँको उपस्थितीले सस्थाको वार्षिक बुद्ध जयन्ती कार्यक्रम उपस्थिति भब्य भएको भन्दै आभार ब्यक्त गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष शैलेन्द्र मानन्धरले सबै उपस्थित उपासक उपासिकालाइ धन्यबाद ज्ञापन गर्दै हाम्रो नयाँ बन्ने मन्दिर र बौद्ध बिहारको बारे थप जानकारी दिदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो ।
भन्ते आनन्द नेपालमा मात्र नभै सारा बिश्व भर नै एक बुद्धिस्ट स्कलरका रुपमा परिचित् ब्यक्तित्व हुनु हुन्छ। भन्ते आनन्दले नेपालमा माओवादी आन्दोलन अन्त्य गराएर शान्तिको बाटोमा पहल गर्नुभएको महासचिव डा.बज्राचार्यले जानकारी दिनुभयो । उहाँ बाैद्ध समुदायको तर्फबाट संबिधान सभामा समेत मनोनित हुनुभएको थियो ।







प्रतिक्रिया