मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो


काठमाडौँ । नेपालमा थप सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप सात जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
 
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उदयपुरको भुल्केमा तीन, कपिलवस्तुमा तीन र पर्साको छपकैयामा एक जना नयाँ सङ्क्रमित फेला परेको जनाएको छ । 
 
राष्ट्रिय प्रयोगशाला, काठमाडौँ र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
 
योसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १०९ पुगेको छ । उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुमा १७ र १८/१८ वर्षका पुरुष तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
हालसम्म प्राप्त विवरणअनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको विज्ञप्तिमा उल्लेख छ ।
 

शेयर गर्नुहोस:

0
Shares