मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा बेरोजगारी दर एक्कासी वढ्यो

अमेरिकामा बेरोजगारी दर एक्कासी वढ्यो


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा वेरोजगारी दर अप्रिल महिलामा एक्कासी बढेर १४ दशमलव ७ प्रतिशत पुगेको छ । कोभिड १९ को महामारी अमेरिकामा फैलिए पछि धेरैले रोजगारी गुमाएका थिए ।
 
 अप्रिल महिनामा मात्र अमेरिकी अर्थतन्त्रले २ करोड ५ लाख रोजगारी गुमाएको शुक्रवार सार्वजनिक अमेरिकी सरकारको श्रम ब्यूरोद्धारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
 
यो तथ्यांकलाई सन् १९३९ यताको सवैभन्दा ठुलो गिरावट भनिएको छ । कोभिड १९ फैलिएपछि कयौं कम्पनीले रोजगार कटौती गरेका थिए । सवैभन्दा वढी रोजगार कटौती अतिथी सत्कार (होटल) मा भएको छ । यस पछि विभिन्न प्रकारका व्यवसाय, रिटेल र स्वास्थ्य क्ष्ँेत्रमा कटौती भएको छ ।
 
सन २००८ को आर्थिक मन्दी पछिको १० बर्षमा अमेरिकी अर्थतन्त्रमा २ करोड २८ लाख रोजगारीका अवसर वृद्धि भएका थिए । यो बृद्धि करिव दुई महिना अवधिमै गुमेको छ । यो बर्षको शुरुसम्म अमेरिकामा बेरोजगारी दर निकै कम साढे ३ प्रतिशतमा झरेको थियो ।
 
कोभिड १९ एउटा स्वास्थ्य संकट त छदैछ अव यो आर्थिक संकटको कारण प िनबनेको छ ।
 
यि गुमेका रोजगारका अवसर कहिलसम्म फर्किन्छन यसमा अन्यौल नै छ । प्रत्येक दिन कोभिड १९ संक्रमितको संख्या बृद्धि भईरहेकाले पनि अन्यौल देखिएको हो । अमेरिकामा कोभिड १९ संक्रमितको संख्या झण्डै १३ लाख पुग्न थालेको छ भने मृत्यु हुनेको संख्या पनि ८० हजार छुन थालेको छ । तस्बिर : सामाजिक संजाल