मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति

कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति


नयाँ दिल्ली । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
 
केन्द्रीय राजधानीसमेत रहेको प्रदेश सरकारले कोरोनाविरुद्धको लडाइँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको हो ।
 
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोनाविरुद्धको लडाइँमा सक्रिय भएको उल्लेख गरेका छन् । 
 
उनले लेखेका छन्, “कामको सिलसिलामा उहाँलाई कोरोना भाइरसको सङ्क्रमण भयो र दुर्भाग्यवश उहाँले हामीलाई छाडेर जानुभयो । उहाँको योगदानलाई म सलाम गर्दछु र आत्माको चिरशान्तिको कामना गर्दछु ।”
 
मुख्यमन्त्री केजरीवालले उनको योगदान र लगावको उच्च मूल्याङ्कन गर्दै उनको परिवारलाई एक करोड क्षतिपूर्ति प्रदान गर्ने कुरा पनि ट्वीटरमै लेखेका छन् । एएनआई
 

शेयर गर्नुहोस:

0
Shares