मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बिहीबार दिउँसोसम्म ५३ हजार ४५ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
बिहीबार दिउँसोको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ७८५ जना पुगेको छ ।  
 
संक्रमणबाट निको भएका बिरामीको संख्या १५ हजार ३३१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार दिउँसोसम्म यो रोगका ३५ हजार ८७१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । 
 
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १६ हजार ७५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् ।
 
महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ६ हजार ६२५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ५३२ जना बिरामी छन्।
 
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताको लागि लम्बाएको छ ।
 
भारतले शुक्रबार मे ४ देखि लागू हुनेगरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । 
 
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो ।
 
कोरोना भाइरसको संक्रमण देशभर बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । एएनआई

शेयर गर्नुहोस:

0
Shares