मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अस्पतालको झ्यालबाट हामफालेर तीन चिकित्सकको मृत्यु

अस्पतालको झ्यालबाट हामफालेर तीन चिकित्सकको मृत्यु


मस्को । कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पदरुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका सञ्चारमाध्यमहरुले बताएका छन् ।
 
ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको छ । 
 
विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन् । 
 
चिकित्सकहरुलाई सार्वजनिकरुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागिरबाट हटाइने धम्की दिने गरिएको चिकित्सकको भनाइ छ । 
 
समाचारहरुमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमति राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो ।
 
रसियामा सयौँको संख्यामा चिकित्साकर्मीहरु नै कोरोना भाइरसबाट संक्रमित भएका छन् । 
 
रसियाको राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा अलेक्जान्डर शुलेपोभको गत मे २ मा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हाम फालेका कारण ज्यान गएको थियो ।
 
कोरोना संक्रमित डा शुलेपोभको त्यही अस्पतालमा उपचार हुँदै थियो ।
 
पश्चिम साइबेरियाको क्रानोयास्र्क सहरमा अप्रिल २५ मा डा येलेना नेपोमन्यास्चाया नाम गरेकी चिकित्सकको अस्पतालकै पाँचौँ तलबाट खसेर ज्यान गयो । उनको मे १ तारिखका दिन अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो । 
 
त्यस्तै, अप्रिल २४ मा मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर डा नताल्या लेभेदेभाको मृत्यु भयो ।
 
अस्पतालले दुर्घटनाबस नताल्याको निधन भएको बताए पनि स्थानीय सञ्चारमाध्यमहरुले डा नताल्यामाथि कोरोनाभाइससँग सम्बन्धित तनाव नै मुख्यरुपमा जिम्मेवार रहेका बताएका छन् । 
 
रसियामा १ लाख ६६ भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको र एक हजार ५३७ जनाको ज्यान गइसकेको छ । एपी