मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पर्सामा एकै दिन भेटिए १७ बिरामी, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

पर्सामा एकै दिन भेटिए १७ बिरामी, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो


काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणका क्रममा १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
 
उनका अनुसार बुधबार कोरोना संक्रमण देखिनेमा पर्साका दुई महिनाका शिशुसमेत रहेका छन् । 
 
अन्य १६ जना पनि पर्साकै हुन् । संक्रमण देखिनेमा सात महिला र १० जना पुरुष रहेकामा छन् । कोरोना भाइरसको संक्रमण दुई महिने शिशुदेखि ६६ वर्षको उमेरसम्मका रहेका छन् । 
 
बुधबार सनसिटी अपार्टमेन्टमा कोरोना पोजेटिभ देखिएर उपचारपछि नेगेटिभ नतिजा आएर घर फर्काइएका एक ५८ वर्षीय पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।
 
मंगलबार पनि वीरगन्‍जका दुई जनामा कोरोना भाइरस संक्रमणको पुनः पुष्टि भएको थियो । बुधबार थपिएका १७ जनासँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमित ९९ पुगेका छन् । जसमध्ये २२ जना निको भई घर फर्किएका छन् । 
 
प्रवक्ता डा देवकोटाका अनुसार गत चौबिसघन्टामा एकदिन २४६ नमुनाको पिसिआर परीक्षण गरिएको थियो । अहिलेसम्म १४ हजार ९६ जनामा पिसिआर तथा ५२ हजार ८७० जनाको आरडिटी परीक्षण गरिएको उनले जानकारी दिए । 
 
देशभर १३६ जना आइसोलेसनमा उपचार गराएकामध्ये काठमाडौँमा सात जना छन् । यस्तै, १९ हजार ७३४ जनाको क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ ।