काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएर २१२ भन्दा बढी मुलुकमा अकल्पनीय जनधनको क्षति पुर्याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ३८ लाख ३४ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १३ लाख ६ हजार ३४५ जना निको भई घर फर्किएका छन् ।
कोभिड १९ बाट हालसम्म दुई लाख ६५ हजार २१० मानिसको ज्यान गएको छ । अझै २२ लाख ६२ हजार १३७ जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ४८ हजार २१० जनाको अवस्था जटिल रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २२ लाख १३ हजार ९२७ को अवस्था मध्यम रहेको जनाइएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १२ लाख ६३ हजार २२४ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ७४ हजार ८०९ पुगेको छ । अमेरिकामा ९ लाख ७५ हजार ३०६ जनाको उपचार जारी छ भने २ लाख १३ हजार १०९ जना निको भई घर फर्किएका छन् ।
स्पेनमा २ लाख ५५ हजार ६८२ जना संक्रमित भएकोमा २५ हजार ८५७ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा २ लाख १४ हजार ४५७ जना बिरामी रहेकोमा २९ हजार ६८४ को ज्यान गएको छ । युकेमा २ लाख १ हजार १०१ जना संक्रमित भएकोमा ३० हजार ७६ ले ज्यान गुमाएका छन् ।
रसियामा एक लाख ७७ हजार १६० संक्रमित रहेका छन् भने १६२५ को मृत्यु भएको छ । फ्रान्समा १ लाख ७४ हजार १९१ संक्रमित छन् भने २५ हजार ८०९ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ६८ हजार १६२ जना संक्रमित भएकोमा ७२७५ जनाको मृत्यु भएको छ ।
यस्तै, टर्कीमा १ लाख ३१ हजार ७४४ बिरामी रहेकोमा ३५८४ जनाको निधन भएको छ । यस्तै, ब्राजिलमा १ लाख २६ हजार ६११ संक्रमित भएकोमा ८५८८ को मृत्यु भएको छ । इरानमा १ लाख १ हजार ६५० संक्रमित छन् भने ६४१८ को मृत्यु भएको छ । चीनमा ८२ हजार ८८५ संक्रमित रहेकोमा ४६३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ४२३२, बेल्जियममा ८३३९, पेरुमा १५३३, नेदरल्याण्ड्स ५२०४, भारतमा १७८७, स्वीट्जरल्याण्डमा १८०५, इक्वेडरमा १६१८, पोर्चुगलमा १०८९, मेक्सिकोमा २७०४, स्वीडेनमा २९४१, आयरल्याण्डमा १३७५ र पाकिस्तानमा ५६४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९९ जना संक्रमित रहेका छन् भने २२ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले लागू गरेको पछिल्लो लकडाउन जेठ ५ गतेसम्म लागू गरिएको छ । एजेन्सीहरुको सहयोगमा ।
प्रतिक्रिया