मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर १३ लाख छ हजार मानिस निको भई घर फर्किए

विश्वभर १३ लाख छ हजार मानिस निको भई घर फर्किए


काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या बिहीबार बेलुकीसम्म ३८ लाख ४३ हजार १८७ पुगेको छ । जसमध्ये १३ लाख १४ हजार ४२१ जना निको भएका छन् ।
 
जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १३ लाख १४ हजार ४२१ संक्रमित निको भएर घर फर्किएका छन् ।
 
कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको संयुक्त राज्य अमेरिकामा १२ लाख ६३ हजार २४३ कुल संक्रमितमध्ये दुई लाख १३ हजार १०९ जना निको भइसकेका छन् ।
 
अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने मुलकमा स्पेन रहेको छ । यहाँ २ लाख ५६ हजार ८५५ जना संक्रमित भएकोमा १ लाख ६३ हजार ९१९ मानिस निको भएका छन् । 
 
यसैगरी, इटालीमा २ लाख १४ हजार ४५७ संक्रमित रहेकोमा ९३ हजार २४५ जना निको भएका छन् । 
 
सबैभन्दा बढी निको हुने देशमा जर्मनी परेको छ । यहाँ १ लाख ६८ हजार १६२ जना संक्रमित भएकोमा निको हुनेको संख्या १ लाख ३९ हजार ९०० पुगेको छ । २० हजार ९८७ जनाले उपचार गराइरहेका छन् । 
 
चीनमा कुल ८२ हजार ८८५ संक्रमितमध्ये ७७ हजार ९५७ जना निको भई फर्किएका छन् । चीनमा हाल उपचारत मानिसको संख्या २९५ मात्र बाँकी छ । जसमा २३ जनाको अवस्था जटिल रहेको बताइएको छ ।  
 
विश्वभर कोरोना भाइरसका कुल संक्रमितको संख्या ३८ लाख ४३ हजार १८७ रहेकोमा दुई लाख ६५ हजार ६५७ जनाको मृत्यु भइसकेको छ ।
 
चीनको वुहान सहरबाट उत्पत्ति भई संसारभरमा जनतालाई भय, त्रास, शोक र सन्नाटा सिर्जना गरेका कोरोना भाइरसका कारण अमेरिकामा ७४ हजार ८०९ जनाको मृत्यु भएको छ ।
 
यस्तै, बेलायतमा ३० हजार ७६, इटालीमा २९ हजार ६८४, स्पेनमा २६ हजार ७०, फ्रान्समा २५ हजार ८०९, ब्राजिलमा ८ हजार ५८८, बेल्जियममा ८ हजार ४१५, जर्मनीमा ७ हजार २७५, इरानमा ६ हजार ४८६, नेदरल्याण्ड्समा ५ हजार २०४, चीनमा ४ हजार ६३३, क्यानडामा ४२३२ र टर्कीमा ३५८४ जनाको मृत्यु भएको छ । एजेन्सी

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares