काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगर ८ मा मंगलबार थप सात जनामा कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बाँकेमा चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि गरेका हुन् ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणका क्रममा ९ वर्षदेखि ५५ वर्षसम्म चार महिला एवं २२ वर्षदेखि ४० वर्षसम्मबका तीन पुरुषमा कोरोना पुष्टि भएको हो ।
बाँकेमा आइतबार एकैदिन १५ जना संक्रमित भेटिएका थिए । संक्रमितको संख्या बढेसँग नेपालगञ्जका सबै क्षेत्र २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । कोरोना रोकथामका लागि बाँकेसँग सीमा जोडिएको कर्णाली प्रदेशका सबै नाका बन्द गरिएका छन् ।
सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको म्याद वैशाख २५ गतेसम्म थप गरिएको छ । पुनः लकडाउन थप गर्ने सरकारको तयारी छ ।








प्रतिक्रिया