मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

म छिट्टै नेपाल फर्किदै छु राजदुत कार्की

म छिट्टै नेपाल फर्किदै छु राजदुत कार्की


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको वासिङ्टन डिसी स्थित नेपाली राजदुत डा अजुर्न कार्कीले आफु छिट्टै नेपाल फर्किने तयारीमा रहेको बताएका छन् । 
 
नेपाल अमेरिका पत्रकार संघ (नेजा)सँग आइतवार आयोजित संवाद कार्यक्रममा राजदुत कार्कीले उक्त जानकारी दिएका हुन् । 'म राजदुतका रुपमा अमेरिका आएको पहिलो सातामै नेजाको कार्यक्रममा सहभागी भएको थिएं अव म छिट्टै फर्किर्दै छु सायद नेजासँग यो अन्तिम कार्यक्रमनै हुन्छ होला' राजदूत कार्कीले अाइतबार साँझ नेजाले अायोजना गरेको अन्तरकृयामा भने । उनले प्लेन उँड्न थालेपछि संभवत अाफू फर्किने समेत बताए । 
 
राजदुत कार्कीले आफ्नो कार्यकाल पुरा गरिसकेका छन् । अर्को व्यवस्था नभएसम्मका लागि उनलाई राजदुतका रुपमा काम गर्न भनिएको छ । कोभिड १९को संक्रमणका कारण राजदुतलाई फर्किन केही साता भने लाग्ने छ । 
 
कार्की अमेरिकाका लागि नेपालका १८ अाै राजदूत हुन् । उनी भन्दा अघि डा. शंकर शर्मा राजदूत थिए । अमेरिका र नेपालबीच कुटनीतिक सम्बन्ध कायम भएपछि पहिलो राजदूत डा. ऋषिकेश शाह हुन् । शाह सन् १९५८ अगष्ट २८ मा अमेरिकाका लागि नेपाली राजदूत भएका थिए । 
कार्की ठीक ५ वर्ष अघि सन् २०१५ मे मा राजदूत भएर अमेरिका अाएका हुन् ।
 
गैर सरकारी संस्था रूरल रिकन्स्ट्रक्सन नेपाल (अारएनएन) का संस्थापक कार्कीलाई सरकारले अमेरिकाका लागि राजदुत नियुक्त गरेको थियो । कार्की एनजिअो फेडरेसनमा केही वर्ष अघि अध्यक्ष समेत थिए । 
 

शेयर गर्नुहोस:

0
Shares