मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा एकैदिन थपिए १६ बिरामी, संक्रमितको संख्या ७५ पुग्यो

नेपालमा एकैदिन थपिए १६ बिरामी, संक्रमितको संख्या ७५ पुग्यो


काठमाडौँ । नेपालमा आइतबार एकै दिन १६ जना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । नेपालगञ्जमा संक्रमितको संख्या १५ पुगेको छ। आइतबारमात्रै नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। 
 
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७५ पुगेको छ। आइतबार एकैदिन १६ जना थपिएर ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। आइतबार नेपालगञ्जमा १५ जना र वीरगञ्जमा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको हो। 
 
आइतबार नेपालगञ्जमा सुरुमा ९ जना र पछि ६ जना गरी कुल १५ जनामा कोरोना देखिएको हो। शुक्रबार वीरगञ्जमा एक जनामा कोरोना देखिएको थियो।
 
शुक्रबार संक्रमण भेटिएका ६० वर्षीय व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड १९ अस्पताल तयार गरिएको छ ।
 
मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने ६० वर्षको व्यक्तिमा वैशाख १९ गते संक्रमणको पुष्टि भएको थियो । 
 
भेरीको कोरोना प्रयोगशालामा कोरोना परीक्षण जारी छ । शनिबार संकलित ९० र आइतबार संकलित चार गरी ९४ स्वाबको परीक्षण भइरहेकोमा दुईपटक गरी १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।