मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रोल्पाको गैरीगाउँमा बम बिस्फोटमा परी चार बालबालिकाको मृत्यु

रोल्पाको गैरीगाउँमा बम बिस्फोटमा परी चार बालबालिकाको मृत्यु


रोल्पा । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् ।
 
गाउँदेखि केही टाढा खोला नजिक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो । 
 
मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । 
 
गाउँमा बम विस्फोटको ठूलो आवाज सुनेर स्थानीयवासी घटनास्थल पुग्दा बालबालिकालाई रक्ताम्य अवस्थामा फेला पारेका थिए ।
 
घटनास्थलमा अर्को बम पनि रहेकाले निष्क्रिय गर्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडा नं २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए ।  
 
घटना भएको प्रहरीले पुष्टि गरेको छ । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ गुरुङले बताए ।
 
घटनास्थल निकै दुर्गममा रहेकाले कसरी घटना भयो भन्ने सबै जानकारी आइनसकेको समेत उनले बताए । रासस