काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप दुई जनामा देखिएको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका रहेका छन् ।
सङ्क्रमित अहिले क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको नजिक रहेका कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।
नेपालमा हालसम्म ५४ हजार ८२६ जनाको कोरोना परीक्षण गरिएकोमा ५४ जनामा संक्रमण पुष्टि भएको हो । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि वैशाख २५ गतेसम्म लकडाउन घोषणा गरेको छ ।
प्रतिक्रिया