मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा थप तीनसहित ४८ जनामा कोरोना संक्रमण, नौ जना निको भई घर फर्किए

नेपालमा थप तीनसहित ४८ जनामा कोरोना संक्रमण, नौ जना निको भई घर फर्किए


काठमाडौँ । नेपालमा बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससहित कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा उदयपुरका ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना सङ्क्रमणको पुष्टि भएको बताएका थिए । धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा फेरि थप एक जनामा कोभिड–१९ को संक्रमणको पुष्टि भएको सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका हुन् । डा अधिकारीका अनुसार नयाँ संक्रमित हुनेमा भोजपुरका २६ वर्षीय एक पुरुष रहेका छन् । उनी गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । 
 
मन्त्रालयका अनुसार हालसम्म कोराना भाइरसबाट निको हुनेको सङ्ख्या नौ पुगेको छ । केही दिनअगाडि काठमाडौँको पेप्सीकोलास्थित सनसीटी अपार्टमेन्टमा देखिएको कोरोना सङ्क्रमित दुवै व्यक्ति निको भई आज डिस्चार्ज भएका छन् । पाटन अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला निको भई घर फर्किएका हुन् । 
 
कोरोना भाइरसको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट हालसम्म ४३ हजार ७२२ जनामा परीक्षण सम्पन गरिएको छ । जसमा पिसिआर नौ हजार १९९ र आरडिटी ३४ हजार ५२३ मा परीक्षण गरिएको मन्त्रालयले जनाएको हो । 
 
क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १० हजार ५७१ छ । अहिलेसम्म आइसोलेसनमा ८६ जनाले उपचार गराइरहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा चार छन् भने उपत्यका बाहिर ८२ जना रहेका छन् । रेड जोनमा हालसम्म २७८ जना रहेका छन् । 
 
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले आफ्नो अस्पतालले अत्यावश्यक सेवा र ओपीडी सेवालाई निरन्तरता दिइएको बताए । उनले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिईको व्यवस्था गरी उपचारमा खटिएको बताए । 
 
उनका अनुसार अस्पतालले अनलाइन र फोनका माध्यमबाट पनि बिरामीको स्थिति बुझ्ने गरेको बताए । जो कसैलाई पनि समस्या परेमा अस्पतालको फोन नम्बर ०१४२२५२७५ र ९८४०८८३०५५ मा सम्पर्क गरी जानकारी लिन सकिने अस्पतालका प्रमुख पोडेलको भनाइ छ ।

शेयर गर्नुहोस:

0
Shares