काठमाडौँ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ।
सरकारले ल्याएको अध्यादेशले पार्टी फुट्न लागेपपछि बुधबार मध्यराति दुवै पार्टीका शीर्ष नेताहरुको छलफलले एकीकरणको विषय टुंगो लगाएको हो।
त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुने छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको र एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।
एकतालाई अन्तिम रुप दिन बुधबार साँझ दुवै पार्टीको बैठक बसेको थियो। उक्त बैठकमा आफनो असहमति जनाउँदै राजपा अध्यक्ष मण्डलका अनिलकुमार झा र राजकिशोर यादव अनुपस्थित थिए ।
प्रतिनिधिसभामा अहिले राजपा र समाजवादी दुवैको १७र१७ सिट छ। राष्ट्रियसभामा राजपाका २ र समाजवादीको १ सिट छ।
प्रदेश २ मा समाजवादी पार्टीको नेतृत्वमा दुई पार्टीको संयुक्त सरकार छ। कुल १०७ सिटमध्ये समाजवादीको ३० र राजपाको २५ सिट छ।
प्रतिक्रिया