मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा कोरोना संक्रमित ४५ पुगे, सात जना निको भई फर्किए

नेपालमा कोरोना संक्रमित ४५ पुगे, सात जना निको भई फर्किए


काठमाडौँ । नेपालमा हालसम्म कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । ३५ जनाको उपचार भइरहेको छ भने आज पुष्टि भएका तीन जनाको क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल लैजाने क्रममा रहेको जानकारी दिइएको छ । उपचारमा रहेका सबैको स्थिति सामान्य रहेको छ । 
 
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा आज थप तीन वटा परीक्षण पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनीहरु तीनै जना पुरुष भएको बताइएको छ । 
 
कोरोना भाइरसको हालसम्म ४० हजार ४३१ जनाको प्रयोगशाला परीक्षण भएको छ । पिसिआर विधिबाट नौ हजार ११ र र्‍य।पिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३१ हजार ४२० पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । 
 
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घण्टामा तीन हजार ७३६ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो । 
 
क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म आठ हजार ५९५ रहेको छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ९५ जना रहेको छ । हाल कोभिड १९ को  रेड जोनमा पर्नेको सङ्ख्या २६९ पुगेको छ ।
 
मन्त्रालयमा सञ्चालनमा रहेका कलसेन्टरमा गत २४ घन्टामा दुई हजार १४४ कल प्राप्त भएकोमा त्यसको सम्बोधन गरिएको जानकारी दिइयो । 
 
कोभिड १९ को उपचार गरिरहेकामध्ये निको भएर दुई जना आज मात्र घर फर्किएसँगै उपचार गरेर फर्कनेको सङ्ख्या सात पुगेको छ । 
 
यसैबीच, मन्त्रालयले कोभिड १९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा ज्येष्ठ नागरिकको स्वास्थ्य र स्याहारमा विशेष ध्यान पु¥याउन आग्रह गरेको छ । नियमित खाने औषधिको उचित व्यवस्था गर्न र स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्य संस्थामा पुर्‍याई दिन पनि मन्त्रालयले सुझाव दिएको छ ।

शेयर गर्नुहोस:

0
Shares