मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

अध्यादेशप्रति काँग्रेस सभापति देउवाको असहमति

अध्यादेशप्रति काँग्रेस सभापति देउवाको असहमति


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  सरकारले आज संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकामा असहमति प्रकट गरेका छन् । 
 
उनले आज साँझ वक्तव्य जारी गरी दुवै अध्यादेशप्रति काँग्रेसको गम्भीर असहमति रहेको जनाउँदै सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको आरोप लगाएका छन् । 
 
“कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबैखाले विमति र आग्रहहरुबाट माथि उठेर काँग्रेसले सरकारलाई हरसम्भव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो”, पूर्वप्रधानमन्त्री देउवाले भनेका छन् । 
 
संविधान निर्माण गरिंँदा राजनीतिक स्थिरताको बन्दोबस्त गरिएको र सँगै संवैधानिक नियुक्तिमा साझा स्वामित्वको परिकल्पना गरिएको स्मरण गराउँदै उनले यस घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट छिट्टै गरिएको प्रमाणीकरणले यी सबै व्यवस्था उल्लङ्घन गरेको आरोप लगाएका छन् । 
 
सभापति देउवाले ती अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन् । 
 

शेयर गर्नुहोस:

0
Shares