मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोभिड-१९ : २४ लाख ५४ हजार बढी संक्रमित, मृतकको संख्या एक लाख ६८ हजार ८४६ पुग्यो

कोभिड-१९ : २४ लाख ५४ हजार बढी संक्रमित, मृतकको संख्या एक लाख ६८ हजार ८४६ पुग्यो


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सोमबार रातिसम्म विश्वभर एक लाख ६८ हजार ८४६ जनाको मृत्यु भएको छ ।
 
मृत्यु भएकामध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कुल मृत्यु भएकामध्ये युरोपमा करिब दुई तिहाइ अर्थात् एक लाख ४ हजार २९८ जनाको मृत्यु भएको छ । 
 
युरोपमा कोरोना भाइरसको सङ्क्रमण ११ लाख १२ हजार २२८ जनामा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटाली, स्पेन, फ्रान्स, बेलायत र जर्मनीलगायत रहेका छन् ।
 
कोरोना भाइरसको विश्वव्यापी महामारीबाट २४ लाख ५४ हजार ९८ जना संक्रमित भएका छन् । विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १६ लाख ४० हजार ९७८ रहेका छन् भने छ लाख ४२ हजार ६१५ जना निको भई घर फर्किएका छन् ।
 
कुल बिरामीमध्ये ५६ हजार १६५ को अवस्था चिन्ताजनक रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरले जनाएको छ । 
 
कोरोना भाइरसको संक्रमणबाट अमेरिका सबैभन्दा प्रताडित भएको छ । अमेरिकामा कुल ७ लाख ७१ हजार २१६ जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४१ हजार ३५६ पुगेको छ ।
 
अमेरिकामा हाल ६ लाख ५८ हजार ३६९ जनाको उपचार जारी रहेकोमा १३ हजार ५६६ को अवस्था चिन्ताजनक छ । अमेरिकामा ७१ हजार ४८९ जना उपचारपश्चात् निको भई फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 
अमेरिकामा गत मंगलबार २४०७, बुधबार २४८२, बिहीबार २१७४, शुक्रबार २५३५, शनिबार १८६७, आइतबार १५३९ र सोमबार राति ११ः५५ सम्म ७८१ ले ज्यान गुमाएका छन् । जसमध्ये अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै २ लाख ४७ हजार २१५ संक्रमित भएकोमा १८ हजार ७७८ ले ज्यान गुमाएका छन् । 
 
स्पेनमा दुई लाख २१० कुल सङ्क्रमित भएका छन् भने २० हजार ८५२ जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा कुल एक लाख ८१ हजार २२८ जना संक्रमित भएका छन् भने २४ हजार ११४ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, फ्रान्समा एक लाख ५५ हजार ३८३ कुल सङ्क्रमित भएका छन् भने २० हजार २६५ को मृत्यु भएको छ । जर्मनीमा १ लाख ४६ हजार २९३ कुल सङ्क्रमित भएका छन् भने ४६८३ को मृत्यु भएको छ ।
 
बेलायतमा एक लाख २४ हजार ७४३ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ५०९ को मृत्यु भएको छ । टर्कीमा ८६ हजार ३०६ संक्रमित रहेकोमा २०१७ को ज्यान गएको छ । इरानमा ८३ हजार ५०५ कुल सङ्क्रमित भएका छन् भने ५२०९ व्यक्तिको मृत्यु भएको छ ।  
 
चीनमा ८२ हजार ७४७ कुल सङ्क्रमित भएका छन् भने ४६३२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ८४ रहेको छ । चीनमा हाल १०३१ जनाको उपचार जारी रहेकोमा ८१ को अवस्था जटिल छ । चीनमा शुक्रबार एकै दिन १२९० जनाको मृत्यु भएको थियो । 
 
यस्तै, रसियामा ४७ हजार १२१ जना बिरामी भएकोमा ४०५ को निधन भएको छ ।  बेल्जियममा ३९ हजार ९८३ संक्रमित भएकोमा ५८२८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३९ हजार ५४८ संक्रमित भएकोमा २५०७ जनाले ज्यान गुमाएका छन् ।
 
यस्तै, क्यानडामा ३५ हजार ७०८ व्यक्तिमा कोरोना देखिएकोमा १६१८ जनाको ज्यान गएको छ । यसैगरी, नेदरल्याण्ड्समा ३३ हजार ४०५ संक्रमित भएकोमा ३७५१ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २७ हजार ९४४ संक्रमित छन् भने १४२७ जनाको ज्यान गएको छ ।
 
पोर्चुगलमा २० हजार ८६३ व्यक्ति बिरामी भएकोमा ७३५, भारतमा १७ हजार ६१५ कुल संक्रमित रहेकोमा ५५९, पेरुमा १५ हजार ६२८ संक्रमित रहेकोमा ४००, आयरल्याण्डमा १५ हजार २५१ संक्रमित रहेकोमा ६१०, अस्ट्रियामा १४ हजार ७९५ मा कोरोनाको संक्रमण देखिएकोमा ४७०, स्वीडेनमा १४ हजार ७७७ बिरामी रहेकोमा १५८० जनाको मृत्यु भएको छ ।
 
यस्तै, इजरायलमा १३ हजार ६५४ बिरामी रहेकोमा १७३, जापानमा १० हजार ७९७ संक्रमित रहेकोमा २३६ र दक्षिण कोरियामा १० हजार ६७४ संक्रमित रहेकोमा २३६ को ज्यान गएको छ । यस्तै, चिलीमा १० हजार ५०७ संक्रमित भएकोमा १३९ को मृत्यु भएको छ ।   
 
यसैगरी, डेनमार्कमा ३६४, पाकिस्तानमा १७६, नर्वेमा १८१, मेक्सिकोमा ६८६, युएईमा ४३, इन्डोनेसियामा ५९०, मलेसियामा ८९, कतारमा ९, थाइल्याण्डमा४७, बंगलादेशमा१०१ जनाको ज्यान गएको छ ।
 
नेपालमा कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा २९ हजार ५६७ जनाको नमुना परीक्षण गरिएकोमा ३१ जनामा कोरोनाभाइरस पुष्टिभएकोमा चार जना निको भएका छन् । एजेन्सीहरुको सहयोगमा