काठमाडौँ । नेपालमा दोस्रो कोरोना संक्रमित युवती उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
काठमाडौँ घर भएकी उनी चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट नेपाल आएकी १९ वर्षीया एक युवती २७ दिन उपचारपश्चात् घर फर्किएकी हुन् । फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी थिइन् ।
ती युवतीमा कोरोना भाइरस पुष्टि भएपछि गत चैत ९ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अस्पताल भर्ना भएकी उनी शनिबार डिस्चार्ज भएकी हुन् ।
चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि २७ दिन आइसोलेसनमा बिताएकी उनले आफू पूर्ण निको भएर फर्किएको प्रतिक्रिया दिएकी छन् ।
साथै, उनले आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको भन्दै धन्यवाद दिएकी छन् ।
उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए । उनीसँगै नेपाल आएका बागलुङका अन्य दुई जना पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु हाल धौलागिरि अस्पतालमा उपचाररत छन् ।
गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा हालसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया