मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका दुईसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका दुईसहित १४ जनामा कोरोना संक्रमण पुष्टि


चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा चितवनका दुई जनामा कोरोना पोजिटिभ पाइएको हो । राप्ती ८ का संक्रमितहरु आमा छोरा हुन् ।
 
उनीहरु चैत ३ गते बेलायतबाट कतार एयरवेजमा नेपाल आएका थिए । उनीहरुको बिहीबार भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा नै कोरोना पोजिटिभ देखिएपछि टेकुमा बिहीबार साँझ पुनः परीक्षणका लागि पठाइएको थियो ।
 
चितवनका संक्रमितहरुलाई भरतपुर अस्पतालको आइसोलेसन बार्डमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।
 
यसैगरी, उदयपुरका १२ जनामा पनि कोरोनाको संक्रमण भेटिएको केन्द्रीय प्रयोगशालाले जनाएको छ । १२ जनामध्ये केही भारतीय पनि रहेका छन् ।
 
यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३० पुगेको छ । जसमा दुई जना उपचारपश्चात् निको भएका छन् । 
 
कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ ।
 
नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा १५ हजार ८०० जनाको नमुना परीक्षण गरिएकोमा ३० जनामा कोरोना भाइरस पुष्टि भएको हो ।