काठमाडौँ । नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ । उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । उनले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिए ।
सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हुन् । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् ।
अहिलेसम्म कैलालीमा छ, बागलुङ र काठमाडौँमा दुई दुई तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।
नेपालमा कुल १४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ भने एक जना उपचारपश्चात् घर फर्किएका छन् ।
प्रतिक्रिया