मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सांसद् आचार्यद्वारा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान

सांसद् आचार्यद्वारा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान


रसुवा । रसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य इन्जिनियर मोहन आचार्यले व्यक्तिगत तवरमा रसुवा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । 
 
जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सांसद्ले विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री उपलब्ध गराए । 
 
जिल्ला विपद् कोषमा रहने गरी जिल्ला प्रशासन कार्यालय रसुवालाई उपलब्ध गराइएको सामग्रीमा ४० थान पिपिई सेट, ४० थान चस्मा, ४० थान बुट, ४०० थान केएन-९० माक्स र १५०० थान पन्जा रहेको छ ।
 
सांसद् आचार्यले प्रदान गरेको सामग्रीहरु आवश्यकताअनुसार जिल्लाका पाँचवटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । 
 
स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरुलाई सामग्री उपलब्ध गराउन माग गरिरहेको बताउँदै भण्डारीले यो सामग्रीले आफूहरुलाई धेरै सहज हुने बताए ।
 
यसअघि पनि सांसद् आचार्यले जिल्लालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । सांसद आचार्यले जिल्लाका विपन्न परिवारलाई खाद्यान्नसमेत उपलब्ध गराउँदै आएका छन् । 

शेयर गर्नुहोस:

0
Shares