काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको ¥यापिड टेष्टकिट प्रयोग नगर्न निर्देश्न दिएको छ ।
मन्त्रालयका स्वास्थ्यविज्ञ डा खेम कार्कीले विज्ञप्ति जारी गरी सरकारले चीनबाट ल्याएको टेष्टकिटको गुणस्तर यकिन गरेपछिमात्रै प्रयोग गर्ने भएकाले अहिले प्रयोग नगर्न निर्देशन दिएका हुन् ।
“बजारमा अवैध ढङ्गले ¥यापिड किट भित्र्याई जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई ¥यापिड किटको प्रयोग नगर्न निर्देशन दिएको हो”, विज्ञप्तिमा भनिएको छ ।
उनले मङ्गलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा पनि टेष्ट किटबारे सार्वजनिक गरेको उल्लेख गर्दै अनधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको जानकारी दिए ।
“सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लााई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने हो”, विज्ञप्तिमा भनिएको छ ।
उनले सरकारले चीनबाट खरिद गरी ल्याएको ¥यापिड टेष्ट किट चीन सरकारले प्रमाणित गरेको किट रहेको उल्लेख गर्दै नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौँ टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकाले ¥यापिड टेष्ट किट प्रयोग गरी स्क्रिनिङ्ग गर्ने र श)कास्पदको पिसिआर प्रविधिबाटै जाँच गरी यकिन गर्ने अन्तरराष्ट्रिय मान्यताअनुसार पूर्वतयारी गर्न खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अहिले युरोप, अमेरिकाले पनि यही विधिमार्फत नै परीक्षण गरिरहेका छन् । रासस
प्रतिक्रिया