मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

चौधरी फाउन्डेसनद्वारा सात प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री वितरण

चौधरी फाउन्डेसनद्वारा सात प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री वितरण


काठमाडौँ । सामाजिक सेवा, विपद् व्यवस्थापन र परोपकारमा अग्रणी चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड १९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) वितरण गरेको छ । 
 
नेपालमा पिपिई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरूमा वितरण गरिरहेको छ । धेरैभन्दा धेरै स्वास्थ्य केन्द्रहरूमा सुरक्षा सामग्री वितरण गरेको छ । 
 
फाउन्डेसनले सुरक्षा सामग्री वितरण गरेका स्वास्थ्य केन्द्रहरूको प्रदेशगत विवरण-
 

प्रदेश १
 
१) अस्थायी कोरोना सेन्टर, विराटनगर
२) मेची अस्पताल, भद्रपुर
३) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
४) उदयपुर जिल्ला अस्पताल
 
प्रदेश २
 
५) जानकी मेडिकल हस्पिटल, जनकपुर
६) प्रादेशिक केन्द्र अस्पताल, जनकपुर
७) स्वाब परीक्षण प्रयोगशाला, जनकपुर
८) नारायणी अस्पताल, वीरगन्ज
९) राजविराज अस्पताल, सप्तरी
१०) कौडेना हेल्थपोस्ट, सर्लाही
११) मलंगवा अस्पताल, सर्लाही
 
वाग्मती प्रदेश
 
१२) कान्ति बाल अस्पताल, काठमाडौं
१३) त्रिवि शिक्षण अस्पताल, काठमाडौं
१४) वीर अस्पताल, काठमाडौं
१५) शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु, काठमाडौं
१६) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं
१७) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
१८) माइती नेपाल, गौशाला, काठमाडौं
१९) कोरोना उपचार केन्द्र, चितवन
२०) भरतपुर अस्पताल, चितवन
२१) जिल्ला जनस्वास्थ्य कार्यालय, हेटौंडा
२२) विपद् व्यवस्थापन केन्द्र, काठमाडौं
२३) सशस्त्र प्रहरी बल, बलम्बु, काठमाडौं
२४) मध्यपुर ठिमी अस्पताल, भक्तपुर
२५) शीर मेमोरियल अस्पताल, काभ्रे
२६) गुञ्जवान अस्पताल, टाँडी, चितवन
२७) धादिङ जिल्ला अस्पताल
२८) मुग्लिन हस्पिटल, चितवन
 
गण्डकी प्रदेश 
 
२९) मध्यबिन्दु अस्पताल, कावासोती
३०) प्राथमिक स्वास्थ्यचौकी, दुम्कौली, नवलपुर
३१) पिताउन्जी स्वास्थ्यकेन्द्र, नवलपुर
३२) सहज अस्पताल, गैंडाकोट
३३) मातृशिशु मितेरी अस्पताल, कास्की
३४) पर्वत जिल्ला अस्पताल
३५) बागलुङ जिल्ला अस्पताल
३६) गोरखा जिल्ला अस्पताल
 
प्रदेश ५
 
३७) भीम अस्पताल, भैरहवा
३८) लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही
३९) आयुर्वेद अस्पताल, दाङ
४०) प्रदेश प्रहरी अस्पताल, नेपालगन्ज
४१) पाल्पा जिल्ला अस्पताल
४२) रेउघा अस्पताल, रोल्पा
४३) बर्दिया जिल्ला अस्पताल
४४) देवदह क्वारन्टिन सेन्टर, रुपन्देही
 
कर्णाली प्रदेश
 
४५) रुकुम पश्चिम अस्पताल
४६) सुर्खेत जिल्ला अस्पताल
 
सुदूरपश्चिम प्रदेश
 
४७) कैलाली जिल्ला अस्पताल
४८) महेन्द्रनगर जिल्ला अस्पताल
 
चौधरी फाउन्डेसनले पहिलो चरणको वितरण सकिएसँगै आफ्नो ध्यान परीक्षण किट, एन-९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित भएको जनाएको छ ।
 
चीनका विभिन्न सहरमा तयार पारेर राखिएका उत्तः सामान नेपाल आउनेबित्तिकै द्रुत गतिमा वितरण थालिने फाउन्डेसनले जनाएको छ ।

Advertisement

शेयर गर्नुहोस:

0
Shares