मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कोरोना संक्रमित चौंथो व्यक्ति धनगढीमा भेटिए

नेपालमा कोरोना संक्रमित चौंथो व्यक्ति धनगढीमा भेटिए


धनगढी । नेपालमा कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप एक जनामा भेटिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
 
सङ्क्रमित व्यक्ति दुबईबाट आएर यही चैत ११ उक्त अस्पतालमा भर्ना भएका थिए । 
 
योसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । यसअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएकोमा उपचारपछि निको भइसकेका छन् ।
 
केही दिनअघि फ्रान्सबाट कतार हुँदै आएकी एक युवती र युएर्इबाट आएका अर्का एक युवामा पनि कोरोना संक्रमण भएको पाइएको छ। उनीहरू दुवै जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।