मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सांसद मोहन आचार्यले आफनै घरमा बनाए २१ शैयाकोे क्वारेन्टाइन

सांसद मोहन आचार्यले आफनै घरमा बनाए २१ शैयाकोे क्वारेन्टाइन


रसुवा (नेपाल)- प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफनो घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् । बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि सांसद आचार्यले आफनै घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका हुन् ।
 
यसअघि बेत्रावती स्थित सहकारी भवनमा २० शैयाको क्वारेनटाइन निर्माण गरिने भनिएपनि त्यहाँ उपयुक्त नभएपछि सांसद आचार्यले आफनो घरमा क्वारेन्टाइन बनाउन दिएका हुन् । 
 
सांसद आचार्यको घरको चार वटा कोठामा सुबिधा सम्पन्न २१ शैयाको क्वारेनटाइन निर्माण भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । कोठाभित्र ट्वाइलेट, बाथरुम, धारा सबै सुबिधासम्पन्न छ, उनले भने क्वारेन्टाइन निर्माणका लागि चाहिने पूर्वाधारहरु पनि भएको हुदाँ माननिय ज्युले खुशीसाथ उपलब्ध गराउनु भएको छ, । 
 
सांसद आचार्यले बिश्व नै कोरोना भाइरससँग लडिरहेका बेला शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि आफनै घरमा क्वारेनटाइन निर्माण गरि विपदको घडिमा गरेको सहयोग प्रशंसनिय रहेको लम्सालले बताए ।

शेयर गर्नुहोस:

0
Shares